Logo
Logo

सौर्य विमान दुर्घटना : ५ शव परिवारले बुझे


4.1k
Shares

काठमाडौं । सौर्य एयरलाइन्स विमान दुर्घटनाबाट मृत्यु भएकामध्ये ५ शव परिवारले बुझेका छन् । शुक्रबार त्रिवि शिक्षण अस्पतालबाट ५ शव परिवारले बुझेका हुन् ।

महाराजगन्ज प्रहरी वृत्तका डीएसपी अमर थापाका अनुसार उद्धव पुरी, अस्मिन निरौला, श्याम विन्दुकार, सुशान्त कटुवाल र राजाराम आचार्यको शव आफन्तले बुझेका हुन् । शव बुझ्ने हतारोमा मृतकका आफन्तहरु अस्तापलमा जम्मा भएका छन् ।

केही मृतकका आफन्तहरुले बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने अडान राखेका छ । बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए ।

त्रिवि शिक्षण अस्पताल, फरेन्सिक विभागले मृतकहरुको शव पहिचान गरेर पोष्टमाटम गरिसकेको छ । प्रत्येक परिवारको ३/३ जनालाई बोलाएर शव हेर्न दिएर पठाउने अस्पतालले जनाएको छ ।

तर, मृतकका आफन्तहरुले बीमा रकम कति र कहिले पाउने प्रष्ट हुनुपर्ने, सौर्य एयरलाइन्सले दिने क्षतिपूर्ति, मृतकका छोराछोरीको शिक्षा, आश्रित परिवारको रोगजगारी लगायतका विषयमा प्रष्ट भएपछि मात्र शव बुझ्ने अडान राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्