Logo
Logo

रोल्पामा बम बिष्फोट, चार बालबालिकाको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

रोल्पा, १८ बैशाख ।
बिहीबार साँझ रोल्पामा भएको बम बिष्फोटमा चार जना बालबालिकाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका– ७ गैरीगाउँमा भएको बिष्फोटमा चार जनाको मृत्यु भएको हो ।


५ नम्बर प्रदेशका प्रहरी प्रमुख डिआईजी रबिन्द्रसिंह धानुकका अनुसार मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका वडा नम्बर ७ का १४ वर्षीय लोकीराम डाँगी, ११ वर्षीया बिमला डाँगी, ५ वर्षीय विजय खत्री र वडा नम्बर ४ का १३ वर्षीय गौरव नेपाली छन् । खेलौना ठानेर खेल्दा बिष्फोटक पदार्थ बिष्फोट भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्