Logo
Logo

भीम रावलको प्रश्न- प्रधानमन्त्रीको कुर्सी हल्लियो भने दिल्ली गएर सम्झौंता गर्नुपर्ने हो कि ?


9.5k
Shares

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नेपाली कांग्रेस र एमाले राजनीतिक स्थायित्वको लागि मिलेकाे भन्नुकाे कुनै अर्थ नभएको बताएका छन् ।

नेता रावलले कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिअनुसार बाँकी तीन वर्ष पनि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आलोपालो सरकार चलाउने भनेपछि राजनीतिक स्थायित्वको कुरा गर्नु व्यर्थ हुने बताए ।

पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, “एमाले कांग्रेससँग मिलेर सरकारमा छ, मैले सुन्छु हामी राजनीतिक स्थायित्वको लागि गएका हौं । सात बुँदे सहमतिमा हेर बाँकी तीन बर्ष हाम्रै अध्यक्ष नै प्रधानमन्त्री हुने रहेछ कि भनेर, उहाँहरुले प्रधानमन्त्री फेरिरहने कुराले हामीले विकास गर्न सकेनौं, त्यसैले सरकारलाई स्थायित्व भनिएको छ ।”

नेता नेता रावलले अघि भने, “दुई बर्ष ओली, डेढ बर्ष कांग्रेसले सरकार चलाउने, चुनावी सरकारकाे नेतृत्व गर्ने भनेपछि कहाँ छ राजनीतिक स्थायित्वको कुरा । पहिला प्रचण्डसँग पनि त्यस्तै सहमति भएकाे थियाे ।”

प्रदेशमा पनि उस्तै भद्रगोल पारेको भन्दै उनले भने, “कुर्सी अलिकति हल्लियो भने, दिल्लीमा गएर सम्झौंता गर्नुपर्ने हो कि, या कुनै व्यापारीको घरमा राति १२ बजे वार्ता गर्नुपर्ने कुनै रेखा छैन ।”

प्रतिक्रिया दिनुहोस्