Logo
Logo

कम्युनिष्ट आन्दोलनलाई मिल्न नदिने षड्यन्त्र भइरहेको छ : झलनाथ खनाल


4.5k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले कम्युनिष्ट आन्दोलनलाई मिल्न नदिने षड्यन्त्र भइरहेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्री समेत अर्हेका नेता खनालले नेपालको कम्युनिष्ट आन्दोलनमा अब हामीले नयाँ बहस सुरु गर्नुपर्ने बताए ।

पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले भने, “कम सबै कमरेडलाई उच्चस्तरबाट बहस गर्न निम्ता दिन्छु । गहन ढंगले बहस सुरु गरौं, मैत्रीपूर्ण ढंगले, हिजो कतिपय बेलामा कुनै मतभिन्नता भयो भने तुरुन्त लाञ्छना लगाइहाल्ने, शत्रु जस्तो व्यवहार गर्ने प्रचलन थियो ।”

एमालेलाई लक्षित गर्दै उनले भने, “अहिले पनि कतिपय पार्टीभित्र मतभिन्नता भयो कि त्यसलाई उछिट्याइहाल्ने कुनै पनि हालतले यो खालको प्रवृत्ति छ । कतिपय नेताहरुले भोगिराख्नु पनि भएको छ ।”

कम्युनिष्टहरुबीच वैचारिक र नीतिगत एकता गर्नुपर्ने नेता खनालले बताए । कम्युनिष्ट पार्टीहरुले मुख्य प्रतिद्वन्द्वी टुंगो लगाएर अघि बढ्नुपर्ने भन्दै उनले भने, “दुई ठूला पार्टी मिलेर सरकार बनाएर संविधान संशोधन गर्छु भन्दैछन्, केका लागि ? अहिलेसम्म दुई पार्टीले गरेको तथाकथित सात बुँदे सहमति खै ! कहाँ आयो ? संसदमा पनि ढाँटिएको छ । संसदमा लिखित हस्ताक्षर गरिएको किन प्रस्तुत गर्न सकेनन् ? किन लुकाइराखेका छन् ? कसैले नौ बुँदे भन्दैछन्, खै सही गरेको देखेको छ । यो संविधान केमा संशोधन गर्ने, दुइटा पार्टीको निगाहले बनाइएको होइन ।”

प्रतिक्रिया दिनुहोस्