Logo
Logo

गुपचुपमा संविधान संशोधन गर्ने कार्य भइरहेको छ : माधव नेपाल


5.9k
Shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले संविधान संशोधन आवश्यक रहेको र त्यसका लागि व्यापक छलफल र बहस हुनुपर्ने बताएका छन् ।

पुष्पलालको जन्म शताब्दीको अवसर आयोजित प्रवचन गोष्ठीमा बोल्दै उनले भने, “संविधान संशोधनका लागि बहस र छलफल हुनुपर्ने तर यहाँ गुपचुपमा संविधान संशोधन गर्ने कार्य हुन गइरहेको छ । त्यसको आवश्यक किन पर्‍यो ?”

उनले संविधान संशोधन नभई त्यसको नाममा अर्कै खेलाेमेलो हुन लागेको आशंका समेत व्यक्त गरे । लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने कुनै प्रकारको षड्यन्त्र नहोस् भनी सचेत गराउँदै अध्यक्ष नेपालले नेपाली जनताले सुशासन र देशलाई समृद्ध बनाउन चाहेको र यसको लागि बहस हुनु आवश्यक रहेको बताए ।

उनले नेपाली समाजको चरित्र अझै पनि अर्धसमान्तवादी रहेको बताउँदै नेपाली समाजवादका बारेमा चर्चा गर्नु आवश्यक रहेको बताए । नेपालीपनको समाजवाद हुनुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले त्यो व्यवहारिक हुनुपर्नेमा जोड दिए । यसका लागि व्यापक बहस र छलफलको आवश्यकता रहेको समेत उनले बताए ।

पुष्पलालले जसरी कम्युनिस्ट पार्टीलाई अगाडी बढाउने सिद्धान्तलाई पछ्याउँदै जानुपर्ने समेत उनले बताए । पुष्पलालबाट आफूहरूले धेरै कुरा सिक्नुपर्ने रहेको बताउँदै अध्यक्ष नेपालले राजनीतिमा चुनौतीहरू आउने र त्यसको सामना गर्दै जानुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्