Logo
Logo
भुटानी शरणार्थी प्रकरण

गृहमन्त्रीले किन गरे बेचन झा पक्राउ गर्ने डीआइजीको सरूवा ?


34k
Shares

काठमाडौं । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयस्थित विशेष ब्यूरोका डीआईजी डा. मनोज केसीको सरुवा गरेको छ ।

भुटानी शरणार्थी प्रकरणमा फरार प्रतिवादी प्रतिक थापा र बेचन झा पक्राउ गरेका डीआईजी केसीलाई मन्त्रालयले सरुवा गरेको हो ।

विशेष ब्यूरोका डीआईजी केसीलाई हटाएर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको हो । ब्यूरो इन्चार्ज भएर उनले २ महिना मात्र काम गरेका छन् । सो अवधिमा केसीले भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी थापा र बेचन झालाई पक्राउ गरेका थिए ।

स्रोतका अनुसार बेचन झालाई पक्राउ गर्न सहयोग गरेको आशंकामा गृहमन्त्री रमेश लेखकले केसीलाई सरुवा गरेका हुन् । विशेष ब्यूरोमा डीआईजी राजन अधिकारीलाई पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्