Logo
Logo

अर्थमन्त्रीको फेरी ज्वाइँ मोह !


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १९ बैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्ना छोरी ज्वाइँलाई फेरी अर्थ मन्त्रालयमा काजमा झिकाएका छन् । नेपाल राष्ट्र बैंकका रामशरण खरेललाई यसअघि मन्त्री बनेकै दिन बैंकको विराटनगर कार्यालयबाट सोझै सिंहदरबारमा काजमा ल्याएका थिए ।
गत असार तेस्रोसाता ज्वाइँलाई राज्यमन्त्री सरहको हैसियतमा सल्लाहकार बनाउने प्रस्ताव लैजानुअघि सल्लाह गर्ने क्रममा प्रधानमन्त्रीले ठाडै हकारेपछि खरेललाई रातारात राष्ट्र बैंक फर्काइएको थियो । बैंकका अधिकारीहरूसमेत पूर्व जानकारी बिना उनको फिर्ताप्रति त्यसबखत आश्चर्य चकित भएका थिए ।
अर्थमन्त्रालय स्रोतकाअनुसार आगामी आर्थिक वर्षको बजेट तयारीको लागि भन्दै मन्त्रीले ज्वाइँलाई बोलाइएका हुन् । ‘कलम नचल्ने, मुख मात्र चल्ने’ खरेलको क्षमताबाट विगतमा आजित भएका मन्त्रालयका कर्मचारी फेरी निधार समाउन थालेका छन् । विगतमा सल्लाहकारको दर्जा दिइएपनि खरेलको काम मन्त्रीलाई चुक्लि लगाउने मात्र रहेको एकजना उपसचिवले हाकाहाकी बताएका छन् ।
अहिलेको महामारीमा व्यक्तिगत सुरक्षाको मापदण्ड अपनाएर कर्मचारीले कार्यालयको काम गर्नुपर्ने अवस्था छ । लकडाउनको अवधिमा पनि अर्थका अधिकांश महाशाखामा अत्यावश्यक काम भइरहेका छन् । त्यसमध्ये बजेट महाशाखामा सबै कर्मचारी बजेटको खेस्रामा जुटिसकेका छन् ।
सरोकारवाला निकायबाट आवश्यक तथ्यांक र जानकारी प्राप्त भइरहेको छ । यस्तो अवस्थामा अनावश्यक ढंगले ज्वाइँलाई मन्त्रालयमा ल्याएर साँढे बनाउनुको कुनै अर्थ नभएको महाशाखाकै कर्मचारी गुनासो गर्छन् । खतिवडाले ज्वाइँको व्यक्तिगत विवरणमा विगतका दुुई वर्षझैँ यो वर्षको बजेट निर्माणमा पनि संलग्न भएको व्यहोरा उल्लेख गर्नका लागि मात्र पुनः अर्थ मन्त्रालयमा झिकाएको स्रोतको दाबी छ ।
नेकपाभित्र विकसित पछिल्लो राजनीतिक घटनाक्रमले तत्काल वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्दै मन्त्रीमण्डल पुनर्गठनको सम्भावना बढ्दै गएको छ । पुनर्गठनमा खतिवडाको बहिर्गमन निश्चित् छ ।

प्रतिक्रिया दिनुहोस्