काठमाडौं । भक्तपुरमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
शनिबार दिउँसो नयाँठिमीमा काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको गण्डकी प्रदेश ७ प. ५३५३ नं. को मोटरसाइकललाई सोही दिशा तर्फबाट आउँदै गरेको टिपरले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक सुवास तामाङ गम्भीर घाइते भएका थिए ।
उनलाई तत्कालै उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेलले जानकारी दिए ।
मोटरसाइकल पछाडि सवार काभ्रेपलान्चोकका २० को संजिव थापा मगरको मध्यपुर अस्पताल ठिमी भक्तपुरमा उपचार भइरहेको छ । टिपर चालक राज कुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।