Logo
Logo

संसदीय सुनुवाइ समिति बैठक बोलाइयो


756
Shares

काठमाडौं । संघीय संसदको संसदीय सुनुवाइ समिति बैठक भोलि सोमबार बोलाइएको छ । सिंहदरवारमा बिहान साढे ११ बजे बस्नेगरी बैठक बोलाइएको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले बताए ।

बैठकले निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानलाई अनुमोदन गर्ने वा नगर्नेबारे निर्णय लिनसक्ने बताइएको छ । सिफारिस भएका प्रधानको संसदीय सुनुवाइ भइसकेको छ । कानून समाजका कार्यकारी निर्देशक प्रधानमाथि कार्यालयमा कार्यरत महिलालाई जागिर लगाइदिने प्रलोभन दिएर यौन शोषण गरेको आरोप छ ।

विवादित प्रधानलाई आयुक्तमा अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा बहस चलिरहेको बेलामा समितिको बैठक बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस्