काठमाडौं । मौद्रिक नीति आएपछि खुलेको सेयर बजारमा दोस्रो पटकको सर्किट लागेको छ । नेप्से सूचक १२५ अंकले बढेर दोस्रो पटक सकारात्मक सर्किट लागेको हो । दोस्रो पटकको सर्किट पछि ४० मिनेटका लागि बजार बन्द भएको छ ।
त्यसअघि बजार खुलेको १ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलोपटक सर्किट लाग्दा २० मिनेट कारोबार बन्द भएको थियो ।