Logo
Logo

चिनियाँ राजदूतको सक्रियता बढ्यो


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १९ बैशाख ।
सत्तारुढ नेकपाभित्र शक्तिसंघर्ष चर्किएसँगै नेपालमा छिमेकी राजदूतको सक्रियता बढेको छ । दुवै देशका राजदूतले राजनीतिक भेटवार्ता बढाएका छन् ।


नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन् । शुक्रबार बिहान राजदूत यान्छी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेकी हुन् । उनले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी थिइन् ।
पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न उनले दुवै अध्यक्षलाई भेटेको स्रोत बताउँछ । चीन नेपालमा कम्युनिष्ट पार्टीको एकता मजबुत हुनुपर्ने पक्षमा छन् । भारतीय राजदूतले पनि भेटघाट गरीरहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्