काठमाडौं । एम बैंक टेक्नोलोजी प्रालि र आइएमई लिमिटेडबीच सम्झौता भएको छ । शुक्रबार भएको सम्झौतामा आइएमईबाट प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र एम बैंकका संस्थापक तथा प्रबन्ध निर्देशक सञ्जय महासेठले हस्ताक्षर गरेका छन् ।
यो सँगै एम बैंकसँग आबद्ध सहकारीका सदस्यले आइएमई रेमिट्यान्समार्फत पठाएको पैसा सिधै आफ्नो खातामा जम्मा गर्न सक्नेछन् । एम बैंकले नेपालभरका करिब ५०० सहकारी संस्थालाई मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटर्फम प्रदान गरिरहेको छ ।
मोबाइलबाटै आफ्नै सहकारीको खातामा रेमिट्यान्स रकमको भुक्तानी लिन सकिने यस व्यवस्थाले धेरै सदस्यहरु लाभान्वित हुने बैंकले जनाएको छ ।