Logo
Logo

तेह्रथुम र धनकुटामा प्रभु बैंकका नयाँ शाखा सञ्चालन


378
Shares

काठमाडौं । प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा पछिल्लोपटक तेह्रथुम र धनकुटामा गरी दुई नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

बैंकले आइतबार तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका– १ मा आफ्नो ३०८औँ र धनकुटाको धनकुटा नगरपालिका–७, हुलाक टोलमा ३०९औँ शाखा कार्यालयको उद्घाटन गरेको हो ।

म्याङलुङ शाखा र धनकुटा शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले जनाएको छ ।

बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको बताएको छ ।

कम्पनीले नेपालभर ३०९ शाखा कार्यालयहरु, २८६ एटीएमका साथै ६९ एक्सटेन्सन काउन्टरमार्पmत करिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्