Logo
Logo

आज कृष्णमान प्रधानबारे निर्णय गर्दै संसदीय सुनुवाइ समिति


441
Shares

कृष्णमान प्रधान

काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको संसदीय सुनुवाइ आज हुँदैछ । बिहान ११ बजे सिंहदरबारमा बस्ने समितिको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय गर्नेछ ।

प्रधानलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्ष रहेको संवैधानिक परिषद्को गत असार २ को बैठकले आयुक्तमा सिफारिस गरेको थियो । प्रधानविरुद्ध आफ्नै कार्यालयमा कार्यरत महिलामाथि सन् २०१७ देखि २०२२ सम्म लगातार यौन हिंसा गरेको एउटै विषयका चारवटा उजुरी परेका थिए ।

समितिले असार १९ गते पीडित महिलालाई नै बोलाएर उजुरी र घटनाको बारेमा सोधपुछ गरेको थियो । पीडित महिलाले आफूमाथि प्रधानले यौन दुराचार गरेको प्रमाणसहित आफ्ना भनाइ राखेकी थिइन् ।

पीडितको बयानपछि प्रधानले आफ्नो चरित्रमाथि प्रश्न गर्ने जवाफ संसदीय समितिलाई नरहेको जवाफ दिएका थिए । त्यसपछि सांसदहरुले शीर्ष तहमा परामर्श गर्न पाँच दिनसम्म समय लिएका थिए । आज भने समिति सदस्यले विवेकका आधारमा निर्णय गर्छन् कि राजनीतिक नेतृत्वको दबाबमा सम्झौता गर्छन् भन्ने अन्तिम प्रतीक्षा छ ।

प्रतिक्रिया दिनुहोस्