काठमाडौं । हिमालयन बैंक लिमिटेडले काभ्रेपलाञ्चोकको बनेपामा रहेका शाखा पनौती बसपार्कमा सारेको छ । साविक सिभिल बैंकको बनेपा नगरपालिका ८ बसपार्कस्थित रहेको बनेपा शाखा–२ स्थानान्तरण गरी पनौति नगरपालिका–७ बाट बैंकिङ सेवा सञ्चालन गरेको हो ।
उक्त शाखाको शुभारम्भ आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले गरे । सो समारोहमा बंैकका नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्के, बंैकका उच्चपदस्थ कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपिस्थति रहेको थियो ।
हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २६४ ATM, ६, ५०० भन्दा बढी POS Terminals र १७,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।