काठमाडौं । भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । साउनको दोश्रो सोमबार सूर्यविनायक नगरपालिका सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको हो ।
२०६६ सालमा केदारनाथको शिर घोषणा गरिएपछि हरेक वर्षको साउन महिना मन्दिरमा पूजापाठका लागि भक्तजनको घुइचो लाग्ने गरेको छ । साउन महिनामा डोलेश्वर महादेव मन्दिरमा श्रावणी मेला सञ्चालन भइरहेको छ ।
साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले शिवालयमा पूजा, आराधना गर्ने वैदिक कालदेखिको परम्परा छ ।