काठमाडौं । आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडाले भीआईपीको मृत्युको कामना गरेर यज्ञ सञ्चालन गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
झापाको बुद्धशान्ति घर भएर मण्डिखाटार बस्ने खतिवडालाई प्रहरीले सोमबार उनी बस्ने घरमा यज्ञ गरिरहेको अवस्थामा पक्राउ गरेको हो । उनलाई प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ ।
भीआईपीहरुको मृत्युको कामना गरेर यज्ञ सञ्चालन गरेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । २८ वर्षीय खतिवडाले साउन ११ मा सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत लाइभ गरेर नेताहरूको मृत्युको कामना गरेर महायज्ञ हुन लागेको भन्दै सहभागीताका लागी आह्वान गरेका थिए ।
फेसबुक लाइभको निरन्तरता स्वरूप उनले सोमबारदेखि काठमाडौँ महानगरपालिका–४ धुम्बाराहीस्थित मण्डिखाटारमा यज्ञ सुरु गरेका हुन् ।