Logo
Logo

लकडाउनमा पनि घुस, ५० हजारसहित पक्राउ


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, १९ बैशाख ।

लकडाउनको समयमा पनि घुस लिने व्यक्ति पक्राउ परेका छन् । कैलालीको गौरीगंगा नगरपालिका–१० निवासी सामुदायिक वन उपभोक्ता समिति उदासिपुरका अध्यक्ष बिर्ख धामीलाई ५० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ।

सेवाग्राहीको घरायसी झगडालाई उग्र बनाई प्रहरीकहाँ लगेर दुई पक्षलाई दुःख दिई घुस लिइसकेको अवस्थामा उनलाई अख्तियारको टोलीले पक्राउ गरेको हो। धामीले इलाका प्रहरी कार्यालय मसुरियामा दर्ता भएको मुद्दामा प्रहरीसँगको मिलेमतोमा घुस मागेको अवस्थामा अख्तियारको कञ्चनपुरस्थित कार्यालयबाट गएको टोलीले धामीलाई पक्राउ गरेको हो। अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार धामीले सेवाग्राहीसँग ५० हजार घुस लिइसकेको अवस्थामा गौरीगंगा नगरपालिका–८ बढैपुर बजारबाट बिहीबार हिरासतमा लिएको हो।

प्रतिक्रिया दिनुहोस्