Logo
Logo

प्रभु स्मार्ट फण्डद्वारा सम्पत्ति मूल्य विवरण सार्वजनिक


189
Shares

काठमाडौं । प्रभु स्मार्ट फण्डले असार मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) जेठ महीनाको तुलनामा असार महीनामा बढेको छ ।

जेठ मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ९१ पैसा रहेकोमा असार मसान्तमा बढेर ११ रुपैयाँ ५२ पैसा पुगेको हो । न्याभसँगै फण्डको नाफामा पनि वृद्धि भएको छ । जेठ मसान्तमा फण्डले ३ करोड ७८ लाख नाफा कमाएकोमा असार मसान्तमा बढेर ९ करोड ९१ लाख पुगेको हो ।

असार महिनामा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । जेठ मसान्तमा फण्डको जम्मा आम्दानी ५ करोड ५६ लाख रहेकोमा असार मसान्तमा बढेर ११ करोड ८६ लाख पुगेको छ । 

त्यस्तै फण्डले सूचीकृत शेयरमा लगानी पनि बढाएको छ । जेठ मसान्तमा फण्डले सूचीकृत शेयरमा ८५ करोड १२ लाख लगानी गरेकोमा असार मसान्तमा बढाएर ९१ करोड २० लाख पु¥याएको हो । असार मसान्तमा फण्डले डिबेञ्चर/बोण्डमा ७ करोड ६८ लाख लगानी गरेको छ । 

प्रतिक्रिया दिनुहोस्