Logo
Logo

२५ बैशाखपछिको रणनीतिबारे छलफलमा सरकार


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं , १९ बैशाख ।
सरकारले वैशाख २५ गतेदेखि लकडाउन खुकुलो पार्नेबारे अध्ययन थालेको छ । केही जिल्लामा लचकता अपनाउन थालिएको हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले शुक्रबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकमा दैनिक जीवनयापन सहज हुने गरी लकडाउन खुकुलो हुने संकेत गरे ।


उनले भने, ‘‘दीर्घरोगी अस्पतालको सेवाबाट वञ्चित हुने, लकडाउनका कारण घरमा बिरामी भए अस्पतालसम्म र्पुयाउन नसकिने अवस्थालाई मध्यनजर गर्दै एम्बुलेन्सलाई एकीकृत बनाएर कसरी सेवा दिन सकिन्छ भन्ने विषयमा गृहकार्य भइरहेको छ ।” बन्दाबन्दी विगतको भन्दा नयाँ ढंगले जानुपर्ने भन्दै उनले अब सहजीकरण गर्दै जाने तयारी रहेको बताए । कृषि, उद्योगधन्दाहरु र अरु विभिन्न विषयमा अतिरिक्त महत्त्वपूर्ण कुराहरुका विषयमा विचार र्पुयाउने पनि उनले बताए ।
यसबारे प्रतिवेदन दिन मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा एक समिति गठन गरेको छ । समितिले सबै पक्षसँग छलफल गरिरहेको छ । उद्योगीहरुले पनि २५ गतेपछि स्रक्रमण नदेखिएका जिल्लामा खुुकुलो बनाउँदै लैजान भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्