Logo
Logo

आईआईएफटीको पहिरनमा ‘मिस नेपाल-२०२४’का प्रतियोगीहरु ग्राण्ड फिनालेमा प्रस्तुत हुने


11.2k
Shares

काठमाडौं । ‘मिस नेपाल–२०२४’मा २६ जना प्रतियोगीहरु अन्तिम प्रतिस्पर्धामा छन् । ‘मिस नेपाल–२०२४’को ग्राण्ड फिनाले साउन १९ गते ललितपुरको गोदावरीस्थित द सनराइज कन्फ्रेन्सन हलमा हुँदैछ । जुन दिन एकजना यस वर्ष ‘मिस नेपाल’ घोषणा हुनेछ ।

हिडेन ट्रेजरद्वारा आयोजित ‘मिस नेपाल’को ३०औँ यस संस्करण हो । यस संस्करणमा फाइलनमा पुगेका २६ प्रतिस्पर्धीहरु विगत लामो समयदेखि आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्ययनरत विद्यार्थीले तयार पारेको पहिरनमा प्रस्तुत हुने भएका छन् ।

आईआईएफटीका प्रबन्ध निर्देशक तेन्जिङ शेर्पाका अनुसार फाइनालिस्ट २६ प्रतियोगीका लागि १५ जनाभन्दा बढी आईआइएफटीका विद्यार्थीले आर्कषक पहिरन तयार गर्नेछन् ।

आईआईएफटी प्रधानाध्यापक उत्कृष्टबिक्रम खड्काको निर्देशनमा बैशाली राना, देवकीकुमारी कार्की, गीता मिश्र, देवी तामाङ (लोप्चन), जुली शाह, कल्पना राई, कुसुम श्रेष्ठ, मनिषा खनाल, पम्फा श्रीस मगर, पेशल खड्का, राधिका मास्के, रजिना शाही, रीमा महर्जन, साधना आङ्गबुरा, संगीता कुमारी ब्लोन, स्यारोन शाही, सीमा तामाङ, स्मिता राई, सोनल केसी र सञ्जिता बराल जस्ता डिजाइनरमा दक्ष कहलिएका विद्यार्थीले प्रतिस्पर्धीका लागि पहिरन तयार गर्दैछन् ।

काठमाडौंको बागबजार, हेरिटेज प्लाजा र ललितपुरको कुमारी पार्टीमा आईआईएफटीले विगत लामो समयदेखि फेसन र इन्टेरियर डिजाइनिङ कोर्ष गराउँदै आएको छ । जहाँबाट सयौँ दक्ष फेसन डिजाइनर उत्पादन भई देशका विभिन्न सहर र स्थानमा बुटिक तथा क्लोथ स्टोर सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्