Logo
Logo

पूर्वमन्त्री रायको हत्या छिमेकीकै योजनामा, रामउजैनले लिएका थिए २ लाख


1.8k
Shares

जनकपुरधाम । पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रायकै घरमा काम गर्ने सर्लाही कविलासी नगरपालिकाका २५ वर्षीय राम उजैन राय र चन्द्रपुर गाउँपालिकाका ४६ वर्षीय वीरेन्द्र राय छन् । उनीहरू पूर्व राज्यमन्त्री रायको हत्यामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दिपक श्रेष्ठले जानकारी दिएका छन् ।

दुवैमाथि कर्तव्य ज्यान मुद्दामा सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको डीएसपी श्रेष्ठले बताए । साउन ७ गते राति सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ रतनपुरमा पूर्व भूमिसुधार राज्यमन्त्री रायको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

पूर्व राज्यमन्त्री रायको हत्या जग्गासम्बन्धी विवाद र आर्थिक प्रलोभनको कारण कामदार राम उज्जैनले गरेको प्रहरीले निष्कर्ष निकालेको छ । प्रहरीका अनुसार करिब एक महिना अगाडि पूर्व राज्यमन्त्री रायका छिमेकी वीरेन्द्रले राम उजैनलाई रायको घर जग्गाको नक्सा मागेर फोटो, भिडियो बनाएका थिए ।

रायको पक्की घर आफ्नो जग्गा ओगटेर बनाएको वीरेन्द्रले आरोप लगाउँदै आएका थिए । घटनाको केही दिनअघि मात्र रायको हत्या गरे वीरेन्द्रले राम उजैनलाई दुई लाख र व्यवसायका लागि एउटा फर्म समेत बनाइ दिने प्रलोभन दिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्