काठमाडौं । दाङमा भालुवाङमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको सुपप्र००१६ ख २७७९ नम्बरको ट्रकले राप्ती गाउँपालिका–१ भालुबाङ्ग चोकमा ठक्कर दिँदा स्थानीय फलफूल व्यवसायी ५० बर्षिय लोकप्रसाद भट्टराईको मृत्यु भएको हो ।
मृतकका आफन्तले दोषीलाई कारवाही तथा मृतक परिवारलाई उचित क्षतिपूर्ति दिन माग राखेका छन् । इलाका प्रहरी कार्यालय भालुबाङ्गका प्रहरी निरीक्षक अमरबहादुर माझीले मृतकका परिवारले क्षतिपुर्तीको माग राख्दै पुर्व–पश्चिम राजमार्ग नै अवरुद्ध गरेको बताए । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।