काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे बस्ने भनिएको बैठक २ घण्टा पछाडि सरेको हो ।
कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले नेताहरूको व्यस्तताका कारण बैठकको समय दिउँसो १ बजेलाई ािसरएको जानकारी दिए । सोमबार नेताहरुले धारणा राख्ने क्रम सकिएको थियो । आज नेताहरूले उठाएको प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिने तय भएको छ ।
बैठकमा अहिलेको अवस्थामा विचारको विकासर र पार्टी निर्माणबारे नेताहरूले आ–आफ्ना विचार राखेका थिए । खासगरी सत्ताबाट हट्नुका कारण, पछिल्लो राजनीतिक स्थिति र भावी रणनीतिबारे प्रचण्डले बिफ्रिङ गरेका थिए । बैठकमा उठेका प्रश्नको जवाफ दिएपछि बैठक आजै सकिने छ ।