काठमाडौं । धनुषामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका–२ मंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको कुटपिटबाट मृत्यु भएको हो । उनकी श्रीमती ३५ वर्षीया श्यामु ठाकुर घाइते भएकी छन् ।
सोमबार बिहान साढे ११ बजे स्थानीय दुई आमाछोराले घरमै कुटपिट गर्दा गम्भीर घाइते भएका ठाकुरको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको धनुषा प्रहरी प्रवक्ता रञ्जन अवाले जानकारी दिए ।
कुटपिटमा संलग्न ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीया नागेश्वर मुखियालाई पकउ गरेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।