काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका मुख्यमन्त्री लामाको पक्षमा ६४ मत प्राप्त भएको हो ।
बैठकमा उपस्थित कूल १०७ सदस्य मध्ये मुख्यमन्त्री लामाको विपक्षमा ३५ मत प्राप्त भएको छ भने ३ मत तटस्थमा परेको छ । कुल ११० सदस्यीय संसद्मा सरकार टिकाउन ५६ सांसदको समर्थन आवश्यक पर्छ । मुख्यमन्त्री लामालाई कांग्रेसका ३७ र एमालेका २७ सांसदले मत दिएका छन् ।