Logo
Logo

इजरायलको हवाई आक्रमणबाट हिजबुल्लाह कमाण्डर मारिएको दाबी


1.1k
Shares

एजेन्सी । इजरायलले गरेको हवाई आक्रमणमा परी हिजबुल्लाहका कमाण्डर मारिएका छन् । बीबीसीका अनुसार लेबनानको राजधानी बेरुतको दक्षिणी भागमा भएको हवाई आक्रमणमा हिजबुल्लाहका कमाण्डर फुआद शुकर मारिएका हुन् ।

गएको शनिबार इजरायल अधिनस्थ गोलान हाइटमा भएको आक्रमणमा शुकरको हात रहेको इजरायलको दाबी छ । सो आक्रमणमा फुटवल मैदानमा रहेका १२ बालबालिका मारिएका थिए । यद्यपी हिजबुल्लाहले भने सो आक्रमण आफूले गरेको अस्वीकार गरेको थियो ।

लेबनानका प्रधानमन्त्री नजीब मिकातीले सामाजिक सञ्जालमार्फत इजरायली आक्रमणको निन्दा गरेका छन् । उनले इजरायली आक्रमणलाई आपराधिक कदम भएको र यसले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको समेत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्