Logo
Logo

सीआईबीका हाकिममाथि छानबिन


9.1k
Shares

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्याम ज्ञवालीमाथि छानबिन सुरु गरेको छ ।

सुन तस्करीको अनुसन्धान अघि नबढाएको र तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीको अनुसन्धान फितलो बनाएको आरोपमा प्रहरी मुख्यालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखसमेत रहेका ज्ञवालीमाथि अनुसन्धान सुरु गरेको हो ।

प्रहरी शक्ति र आफ्नो पदको दुरुपयोग गर्दै अनुसन्धान प्रभावित बनाउन खोजेको आरोप लागेपछि ज्ञवालीमाथि अर्का एआईजी टेकप्रसाद राईको नेतृत्वमा छानविन सुरु गरिएको स्रोतले जानकारी दियो ।

एआईजी ज्ञवालीमाथि निवर्तमान गृहमन्त्री रवि लामिछानेविरुद्धको सहकारी ठगीबारेको अनुसन्धान कमजोर पारेको आरोप लागेको छ । सुन तस्करीको अनुसन्धानमा पदीय मर्यादा दुरुपयोग गरेको आरोपमा गृहमन्त्री लामिछानेले सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यलाई हटाएर (गत चैतमा) ज्ञवालीलाई ल्याएका थिए ।

ज्ञवालीमाथि अर्को गम्भीर प्रकरणको अनुसन्धानमा रहेका व्यापारिक घरानाका व्यक्तिसँग हिमचिम बढाएको पनि आरोप लागेको छ । उनीमाथि बालमन्दिरको सरकारी जग्गा व्यक्तिको नाममा हत्याउनेहरूसँग, सेन्चुरी बैंकको कर्जा हिनामिना गर्नेहरूसँग, केही अन्य ठूला भनिएका मुद्दामा मुछिएर पक्राउ पुर्जी जारी भएकासँग उठबस गरेको आरोप पनि लागेको छ ।

प्रतिक्रिया दिनुहोस्