Logo
Logo

राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकार शंकरदास वैरागीले दिए राजीनामा


14.7k
Shares

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीले राजीनामा दिएका छन् । स्रोतका अनुसार पूर्वमुख्यसचिव वैरागीले ९ साउनमै राजीनामा दिएका हुन् ।

३२ जेठ मा राष्ट्रिय सुरक्षा सल्लाहकार बनेका वैरागीले मुख्यसचिवको कार्यकाल केही महिना बाँकी छँदा बैकुठ अर्याललाई मुख्यसचिव बनाउने बाटो खोल्दै राजीनामा दिएका थिए । भ्रष्टाचारको मुद्दा दायर भएपछि मुख्यसचिव अर्याल निलम्बनमा परेका छन् ।

स्रोतका अनुसार वैरागीलाई भारतका लागि नेपालको राजदूत बनाउने आश्वासन कांग्रेस सभापति शेरबहादुर देउवाले दिएका थिए । त्यसअनुसार वैरागीले ९ साउनमा राष्ट्रिय सुरक्षा सल्लाहकार पदबाट राजीनामा दिए । तर उनलाई भारतका लागि राजदूत बनाउन प्रधानमन्त्री ओली तयार भएनन् ।

प्रतिक्रिया दिनुहोस्