काठमाडौं । वरिष्ठ रथी अशोकराज सिग्देलले नेपाली सेनाको कायममुकायम (कामु) प्रधानसेनापतिको जिम्मेवारी पाएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे कार्यकाल भदौ २४ मा सकिँदैछ । सैनिक सेवा नियमावली-२०६९ को दफा ९८ मा भएको व्यवस्थाबमोजिम प्रधानसेनापति पदावधि सकिनुभन्दा एक महिनाअघिबाट बिदामा बस्ने र कायममुकायम प्रधान सेनापतिलाई कमान्ड बरबुझारथ गर्ने प्रचलन रहेको छ ।
सोही व्यवस्थाबमोजिम अनुसार सिग्देललाई साउन २४ देखि लागू हुने गरी कार्यवाहक प्रधानसेनापति बनाउने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।