Logo
Logo

सिटिजन्स बैंकका ग्राहकलाई सूर्य हस्पिटलमा १० प्रतिशत छुट


252
Shares

काठमाडौं । सिटिजन्स् बैंक र सूर्य हस्पिटल प्रालीबीच समझदारी भएको छ। वीरगंज, पर्सास्थित सूर्य हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी भएको हो ।

समझदारीपत्र अनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले हस्पिटलमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्