Logo
Logo

सोल्टीमोडमा निःशुल्क भोजन


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २० बैशाख । रोटरी क्लव काठमाडौं, वेस्ट, नमो हारती सहकारी संस्था र स्पार्क हेल्थ होमको संयुक्त पहलमा शनिबार निःशुल्क भोजन कार्यक्रम आयोजना गरिएको छ ।
शनिबार बिहान १० देखि १२ बजेसम्म बाटोमा हिँड्ने श्रमिक, बालबालिकालगायत अन्य व्यक्तिहरुलाई लन्च बक्ससँगै मिनरल वाटर र माक्स वितरण गरिएको थियो । करिब दुई सय जना बटुवालाई लक्षित गरेर निःशुल्क भोजन कार्यक्रम आयोजना गरेको आयोजकले दृष्टि अनलाइनलाई जनाएको छ ।
उक्त कार्यक्रममा रोटरीका तर्फबाट किरणलाल जोशी, देशकुमार श्रेष्ठ, रुपेश अधिकारी र नमो हारती सहकारीको तर्फबाट सरोज श्रेष्ठ, राजन शाक्य र इन्द्रबहादुर मानन्धरको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्