Logo
Logo

नेकपामा आज ‘निर्णायक बैठक’, आ–आफ्नो रणनीतिमा ओली र प्रचण्ड


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २० बैशाख ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र बढेको विवादले आज नयाँ रुप लिने आँकलन गरिएको छ । आज नेकपाको सचिवालय बैठक बस्दै छ ।
बुधबारको बैठकमा प्रचण्ड र माधव कुमार नेपालले ओलीको राजिनामा मागेका थिए । ओलीले आफु राजिनामा दिन तयार रहेको तर वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेका थिए । विवाद मोड्नलाई मात्र ओलीले यस्तो प्रस्ताव राखेको भन्दै प्रचण्ड र माधव कुमार नेपालले त्यसलाई अस्वीकार गरेका थिए ।


आज उनीहरुले राजिनामा लिखित प्रतिबद्धता जनाउन दबाब दिने रणनीति तय गरेका छन् । यसबारे प्रचण्ड र माधव नेपालबीच नेपाल निवासमा शुक्रबार छलफल भएको थियो ।

प्रधानमन्त्रीको प्रस्तावपछि वामदेव गौतम पनि आन्तरीक छलफलमा लागेका छन् । आफुलाई प्रधानमन्त्री बनाउने लिखित प्रतिबद्धता खोज्ने उनको पनि तयारी छ । संविधान संशोधन गरेर वा कुनै सांसदलाई राजिनामा दिन लगाई उप निर्वाचन गरेर वामदेवलाई प्रधानमन्त्री बनाउनेबारे छलफल भएको थियो ।

संसदीय दलमा बहुमत नभएपछि ओली समस्यामा छन् । त्यसकारण उनले पनि आजको बैठकबारे रणनीति बनाएका छन् । आज ओलीले नयाँ फन्डा ल्याउन सक्ने कतिपयको आँकलन छ ।

सरकार सञ्चालनमा एकलौटी रुपमा अघि बढेपछि ओली समस्यामा परेका छन् । तर, यसपटक जसरी पनि उनलाई घुँडा टेकाउने प्रचण्ड र माधव नेपाल समूहको तयारी छ । माधव नेपालले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाड्न प्रस्ताव गरेका छन् । ओली भने पेलेरै जाने रणनीतिमा छन् ।

प्रधानमन्त्री ओलीले यो बीचमा प्रधानन्याधीश चोलेन्द्र शमशेर राणादेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेसँग समेत छलफल गरेकाले नेताहरु सशंकित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्