Logo
Logo

आज तीन संसदीय समितिको बैठक बस्दै


630
Shares

काठमाडौं । सङ्घीय संसदअन्तर्गत तीन वटा समितिको बैठक आज बस्दै छ । संसद सचिवालयका अनुसार अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो ।

बिहान ११ बजे सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठकमा गत आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै बिहान ११ः ३० बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल गरिने छ ।

दिउँसो १ बजे अर्थ समितिको बैठक बस्दैछ । समितिको कार्यकक्ष सिंह दरवारमा बस्ने बैठकमा अर्थ मन्त्री विष्णु पौडेलसँग राष्ट्रिय अर्थतन्त्रका समसामयिक विषयमा छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्