काठमाडौं । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । एमालेका यामलाल कडेल नेतृत्वको सरकारमा कांग्रेसबाट राजीव विक्रम शाह, घनश्याम भण्डारी, सुरेश अधिकारी र विजया बुढा मन्त्री बन्ने भएका हुन् ।
जसमा आर्थिक मामिला तथा योजना मन्त्रीमा शाह, सामाजिक विकास मन्त्रीमा भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा बुढालाई पठाइएको छ ।
उनीहरुको नाम मुख्यमन्त्री कार्यालय पठाइसकिएको कांग्रेस कर्णाली प्रदेशका प्रमुख सचेतक हिक्मत विष्टले बताए ।
उनका अनुसार आजै शपथ हुने सम्भावना रहेको छ । कांग्रेसबाट मन्त्री भएका चार जनामध्ये शाह, भण्डारी र बुढा संस्थापन पक्षका हुन भने अधिकारी संस्थापन इतर पक्षका हुन् ।
भागबण्डाका क्रममा ८ सदस्यीय कर्णाली मन्त्रीपरिषदमा मुख्यमन्त्रीसहित एमालेलाई ३ र चार मन्त्रालय कांग्रेसले सम्हाल्ने सहमति भएको थियो ।