काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो एकै दिन बागलुङमा चार शाखा सञ्जाल विस्तार गरी सञ्चालनमा ल्याएको छ । शाखा विस्तारका क्रममा गत सोमबार जिल्लाको ढोरपाटन नगरपालिका वडा नं ७ बोवाङ, निसीखोला गाउपालिका–५ निसी, वडिगाड गाउँपालिका–२ खरबाङ र वडिगाड गाउँपालिका–७ भिमगिठेमा बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । उक्त शाखाहरुको उद्घाटन बैंकका संस्थापक अध्यक्ष देवीप्रकाश भट्टचनले गरेका थिए ।
प्रभु बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घरआँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको छ । प्रभुको यस अभियानले देशभरि नै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको जनाइएको छ ।
बैंकको बोवाङ, निसी, भिमगिठे र खरबाङ शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघसंस्थाले आधुिनक बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास लिएको छ ।
त्यसैगरी, ग्राहकहरुको रोजाइको अग्रणी बैंकका रुपमा ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१३ शाखा कार्यालय, २८६ एटिएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्पmत करिब ३१ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ । अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बैंकले छोटो समयको अन्तरालमा नै फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट समेत सम्मानित भएको छ ।