Logo
Logo

बीवाइडीका गाडी किन्न नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ८० प्रतिशतसम्म कर्जा दिने


693
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी) र साइमेक्स इंक प्रालिबीच बीवाइडीका गाडीहरूमा फाइनान्सिङका लागि सम्झौता भएको छ । नेपालमा विद्युतीय सवारीको पहुँच बढाउने लक्ष्यका साथ यो सम्झौता गरिएको बैंकले जनाएको छ ।

समझदारीपत्रमा एनआइएमबीका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र साइमेक्स इंककी सेल्स हेड सन्ध्या श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बीवाइडीका सबै मोडेलहरूको खरिदका लागि एनआइएमबीले ८० प्रतिशतसम्म कर्जा दिनेछ । बीवाइडीका गाडी किन्न इच्छुक ग्राहकले एनआइएमबीका कुनै पनि शाखामा अटो लोनका लागि आवेदन दिन सक्नेछन् ।

बैंकका अनुसार योग्य ग्राहकका लागि तीन कार्यदिनभित्र कर्जा उपलब्ध गराउने छ । बैंकले बीवाइडीका गाडीहरूका लागि आधार ब्याजदर र वार्षिक १ प्रतिशत प्रिमियममा ऋण उपलब्ध गराउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्