Logo
Logo

सुदूरपश्चिमका मुख्यमन्त्रीले दिए राजीनामा


3.9k
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएका छन् । शुक्रबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भन्दै राजीनाको घोषणा गरेका हुन् ।

उनले विश्वासको मत पाउने सम्भावना नदेखिएको भन्दै राजीनामा घोषणा गरेका हुन् । ’विश्वासको मत मेरो पक्षमा छ कि भनेर आएको हुँ । तर, मेरो पक्षमा विश्वासको मत छ जस्तो देखिएन । विपक्ष दलका नेताहरूले पनि मार्ग प्रशस्त गर्न अनुरोध गर्दै आउनुभएको छ । म मार्ग प्रशस्त गर्दै राजीनामाको घोषणा गर्न चाहन्छु,’ उनले भने ।

६ वैशाखमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री बनेका सोडारी २० असारमा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्