काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । महाधिवेशनको एक महिनापछि आज बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले कमिटीलाई पूर्णता दिएको हो ।
यसअघि असार १६ देखि २० गतेसम्म बसेको बैठकले ९९ सदस्यीय कमिटी निर्वाचित गरेको थियो । पदाधिकारीतर्फ अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाल निर्वाचित गरेको थियो ।
यसअघि सचिवालयले २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने भने पनि आकार बढेको हो ।