Logo
Logo

सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान


2.2k
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनका लागि आइतबार साँझ ५ बजेभित्र दाबी पेश गर्न समय दिएका छन् ।

प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को (२) उपधारा बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।नेकपा एमालेले २० असारमा सोडारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

शुक्रबार मुख्यमन्त्री सोडारीले प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेका थिए । लगत्तै सोडारीले प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर राजीनामा पत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्