Logo
Logo

अमेरिका-इरान तनाव : मध्यपूर्वमा युद्धपोत तैनाथ गर्ने तयारीमा अमेरिका


567
Shares

वासिंगटन, (एजेन्सी) । संयुक्त राज्य अमेरिकाले इरानबाट इजरायलमाथि हुनसक्ने सम्भावित आक्रमणबाट बचाउन मध्यपूर्वमा थप युद्धपोत र लडाकु विमानहरू तैनाथ गर्ने जनाएको छ । इरानमा हमास नेता इस्माइल हनियाह र लेबनानी लडाकु समूह हिजबुल्लाहका प्रमुख कमाण्डरको हत्यालाई लिएर यस क्षेत्रमा तिव्र तनाव सिर्जना भएको छ ।

मिसाइल रक्षा बलहरू तैनाथ गर्नको लागि बढ्दो तयारीको अवस्थामा राखिएको पेन्टागनले बताएको छ । अमेरिका इजरायलको बलियो सारथि हो । इरानका नेता अयातोल्लाह खामेनीले हनियाहको हत्याका लागि इजरायललाई ‘कठोर सजाय’ दिने बताउँदै आएका छन् भने तीनदिने राष्ट्रिय शोकको घोषणा गरेका छन् ।

बुधबार तेहरानमा हमासका प्रमुख नेता मारिएका थिए । इरान र गाजाले हत्यामा इजरायललाई दोष लगाएपनि इजरायलले नै भने केही टिप्पणी गरेको छैन ।

पेन्टागनले एक विज्ञप्तिमा भनेका छन्, ‘नयाँ तैनाथीले अमेरिकी सेनाको सुरक्षामा सुधार ल्याउने छ भने इजरायलको रक्षाका लागि समर्थन बढाउनेछ ।’ विभिन्न आकस्मिक परिस्थितिहरूमा प्रतिक्रिया दिन अमेरिका तयार छ भन्ने कुरा सुनिश्चित गर्ने पनि पेन्टागनको भनाइ छ । तैनातीमा थप ब्यालिस्टिक मिसाइल रक्षा–सक्षम क्रूजर र विनाशकहरू समावेश हुने बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्