काठमाडौं, २० बैशाख ।
नेपाल कम्युनिष्ट पार्टीले बैठकले उपनिर्वाचनमार्फत नेता वामदेव गौतमलाई चुनाव लडाउने निर्णय गरेको छ। उपयुक्त समयमा चुनाव लडाउने निर्णय भएको हो
राष्ट्रियसभामा भन्दा प्रतिनिधिसभामा लैजाने निर्णय बैठकले गरेको हो । यसअघि नै वामदेव कुनै सांसदलाई राजिनामा दिन लगाएर चुनाव लड्ने प्रयासमा छन् ।
करिब दुई घन्टा चलेको बैठकमा ठोस सहमति नभएको स्रोत बताउँछ । अर्काे बैठक २५ गते बस्ने भएको छ ।
बैठकमा दुवै अध्यक्षलाई अग्रभागमा राखिएको थियो । यसअघि ओली मात्र अग्रभागमा बस्दथे ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना केही गल्ती भएको भन्दै आत्मालोचना गरेको एक सचिवालय सदस्यले जानकारी दिए ।