काठमाडौं, २० बैशाख ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको उपाध्यक्ष वामदेव गौतमलाई पाल्पाबाट उपनिर्वाचन लडाएर प्रतिनिधिसभामा लैजाने तयारी गरेको छ । पाल्पा क्षेत्र नम्बर १ का सांसद दलबहादुर रानालाई राजिनामा दिन लगाएर उप निर्वाचनमा वामदेवलाई उठाउन लागिएको हो ।
संविधान संशोधन भन्दा प्रतिनिधिसभामै लगेर उनलाई प्रधानमन्त्री बनाउन लागिएको छ । उपयुक्त समयमा उनलाई चुनावमा उठाइने निर्णय सचिवालय बैठकले गरेको छ ।
सांसद रानाले भने यसबारे आफुलाई जानकारी नभएको बताएका छन् ।
यसअघि डोल्पा, काठमाडौं, प्यूठान लगायत जिल्लाबाट उनी चुनाव लड्ने चर्चा थियो ।प्रधानमन्त्री ओलीले वामदेवलाई प्रधानमन्त्री बनाउन आफूले राजिनामा दिने प्रतिबद्धता जनाएका छन् ।