Logo
Logo

पाल्पालीलाई वामदेव ‘अस्वीकार्य’


- दृष्टि न्युज/संवाददाता

0
Shares

पाल्पा, २० बैशाख ।
२०७४ को निर्वाचनमा बर्दियाबाट हारेका नेकपाका नेता वामदेव गौतमलाई पाल्पाबाट चुनाव लडाउने तयारीले जिल्लामा तरंग उत्पन्न गरेको छ । पाल्पाको क्षेत्र नम्बर १ मा उप निर्वाचनमार्फत वामदेवलाई चुनाव लडाउने नेकपाको तयारी छ ।


पाल्पा क्षेत्र नम्बर – १ का सांंसद दलबहादुर रानालाई राजिनामा दिन लगाई उप निर्वाचनमार्फत वामदेवलाई जिताएर प्रतिनिधिसभामा लैजाने र प्रधानमन्त्री बनाउने योजना छ । तर, पाल्पाका नेकपाका नेताहरु भन्छन्– वामदेवले यहाँबाट चुनाव जित्न त्यती सहज छैन ।
क्षेत्र नम्बर १ पाल्पाको पूर्वी क्षेत्र हो, जहाँ मगर समुदायको बाहुल्यता छ । वामदेवलाई आफ्नो क्षेत्रबाट चुनाव लडाउने खबर सुनेपछि उनीहरु आक्रोशित भएका छन् ।

‘कम्ती जिल्ला कमिटिसँग यसबारे छलफल हुनुपथ्र्याे,’ एक जिल्ला कमिटि सदस्य भन्छन्,‘केपी ओलीले जे निर्णय ग¥यो त्यो मान्नुपर्छ भन्ने छैन ।’ आफुहरुले जिताएको सांसदलाई कुनै नेताको स्वार्थका लागि राजिनामा दिन लगाउनु आफुहरुको भोटको अपमान भएको पाल्पाका नेकपाका नेता–कार्यकर्ता बताउँछन् ।

‘यो केपी ओलीको आत्मघाती निर्णय हो,’ एक जिल्ला नेताले दृष्टिसँग भने,‘वामदेव हाम्रो लागि अस्वीकार्य छन् ।’
यसअघि पाल्पा क्षेत्र नम्बर १ बाट निर्वाचित दलबहादुर राना वामदेव निकट नै नता हुन् । त्यही भएर उनले आफुलाई सहयोग गर्ने ठानेर सो क्षेत्र रोजेको बताइन्छ । तर, नेकपाका स्थानीय नेताहरु भने ‘टुरिष्ट नेता’लाई हराउने पक्षमा उभिएका छन् ।
वामदेवले यसअघि डोल्पा, बर्दिया, काठमाडौं लगायतका क्षेत्रमा सांसदलाई राजिनामा दिन लगाएर उपनिर्वाचन लड्ने योजना बनाएका थिए । तर, सफल हुन सकेनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले राजिनामा दिएर वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि उनी हौसिएका हुन् । शनिबारको बैठकमा गौतमले राष्ट्रियसभामा जाने प्रस्ताव अस्वीकार आफु उपनिर्वाचनबाट प्रतिनिधिसभामा जाने बताएका थिए । जसमा अन्य नेताहरुले सहमति जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्