Logo
Logo

आज अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ?


4.7k
Shares

काठमाडौं । आज (आइतबार)अमेरिकी डलरको भाउ हालसम्मकै उच्च पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३३ रूपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रूपैयाँ ३१ पैसा तोकिएको छ ।

यो मूल्य हालसम्मकै उच्च हो । त्यस्तै आज युरोपियन युरो एकको खरिददर १४४ रूपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रूपैयाँ ५३ पैसा रहेको छ ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७० रूपैयाँ ४६ पैसा र बिक्रीदर १७१ रूपैयाँ २३ पैसा तोकिएको छ ।
कतारी रियाल एकको खरिददर ३६ रूपैयाँ ६६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ८३ पैसा कायम छ ।

यता, अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रूपैयाँ १० पैसा र बिक्रीमा ८७ रूपैयाँ ४९ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिदमा भने ९६ रूपैयाँ ३२ पैसा र बिक्रीमा ९६ रूपैयाँ ७५ पैसा पाइन्छ ।

अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६३ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७९ पैसा तोकिएको छ ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४० पैसा र बिक्रीमा ३६ रूपैयाँ ५७ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिददर आइतबार २९ रूपैयाँ ७३ पैसा र बिक्रीदर २९ रूपैयाँ ८६ पैसा रहेको छ ।

आइतबार कुवेती दिनार एकको खरिददर ४३७ रूपैयाँ ७९ पैसा र बिक्रीदर ४३९ रूपैयाँ ७६ पैसा रहेको छ । त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३५६ रूपैयाँ ३१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्