Logo
Logo

पपुलिस्ट हुने वा स्टन्टबाजीका रुपमा कुनै काम गर्दैनौं : प्रधानमन्त्री


693
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले स्टन्टबाजीका रुपमा कुनै काम नगर्ने बताएका छन् । पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

एमाले अध्यक्षसमेत रहेका ओलीले कतिपयले संविधानलाई विश्वास मात्र गर्नुपर्ने, फेर्न नपाउने ग्रन्थ जस्तो प्रचार गरेको बताए । आफूहरुले भनेको संविधान संशोधन प्रतिगमनको मुद्दा बोकेर हिँडेका पार्टीहरुको उद्घोष नभएको बताए ।

‘हामीले भनेको संविधान संशोधन लोकतन्त्रलाई सुदृढ गर्ने, संविधानको स्वीकार्यता र प्रभावकारी अभिवृद्धि गर्न हो’, उनले अघि भने । कांग्रेस र एमालेको समीकरणले कुनै भुलभुलैयामा, पपुलिस्ट हुने वा स्टन्टबाजीका रुपमा कुनै काम नगर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्