Logo
Logo

बंगलादेशमा उग्र बन्दै आरक्षणविरोधी आन्दोलन, १३ प्रहरीसहित ९० जनाको मृत्यु


1.4k
Shares

काठमाडौं । बंगलादेशमा आरक्षण विरुद्ध सुरु भएको विद्यार्थी आन्दोलनमा ९० जनाको मृत्यु भएको छ । विद्यार्थीहरुको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्दा आन्दोलनकारी र प्रहरीबीचको झडपमा हालसम्म १३ प्रहरीसहित ९० जना मारिएका हुन् ।

विद्यार्थी नेताहरुले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग्दै सुरु गरेको अवज्ञा आन्दोलन आगोसरी फैलिन थालेको छ ।
नागरिक पनि आन्दोलनमा सहभागी हुन थालेपछि देशव्यापी प्रदर्शनहरु बढेका छन् । प्रदर्शन चर्किदै गएपछि बंगलादेश सरकारले राति कर्फ्यु लगाउने घोषणा गरेको छ ।

हजारौँ नागरिकहरु प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै सामूहिक विरोध प्रदर्शनका लागि राजधानी ढाकामा केन्द्रित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्