Logo
Logo

प्रभु बैंकले भन्यो- मन्जुकुमारीले बैंकमा १ करोड १७ लाख जम्मा गरेको देखिएन


4.3k
Shares

काठमाडौं । प्रभु बैंक बिर्तामोड शाखामा ग्राहकको १ करोड १७ लाख रुपैयाँ अपचलन गरेको विषयमा बैंकद्वारा गठित छानबिन समितिले मुद्दती रसिद, बैंक स्टेटमेन्ट र ब्यालेन्स सर्टिफिकेट नै नक्कली भएको बताएको छ ।

बैंकका कोशी प्रदेश प्रमुख बद्रीबहादुर कटवालले आइतबार विज्ञप्ति जारी गर्दै अनुसन्धानका क्रममा मन्जुकुमारी नेपालले आधिकारिक रूपमा आफ्नो बैंकमा रकम जम्मा गरेको नदेखिएको प्रस्ट पारेका हुन् ।

कटुवालले सो सम्बन्धमा थप छानबिन भइरहेको र कानुन बमोजिम अनुसन्धान गरी दोषीउपर कारबाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाई सकिएको बताएका छन् ।

आवश्यक छानबिन तथा प्रचलित कानुनबमोजिमको कारबाईपश्चात् उक्त घटनाको सत्य, तथ्य र वास्तविकता पत्ता लागेर दोषीउपर ठहरे बमोजिमको कारबाही हुने नै छ भन्नेमा बैंक विश्वस्त रहेको उनले उल्लेख गरेका छन् ।

बिर्तामोड–५ स्थित मम फ्याक्ट्रीका सञ्चालकसमेत रहेकी नेपालका श्रीमान् टीकाराम नेतीले पत्रकार सम्मेलन गर्दै आफ्नी श्रीमती मन्जुकुमारीले पटक–पटक फरक–फरक मितिमा १ करोड १९ लाख रुपैयाँ फिक्स्ड डिपोजिट गरेको तर खातामा २ लाख मात्र देखिएको बताएका थिए ।

प्रभु बैंक बिर्तामोड शाखाबाट आफ्नो १ करोड १७ लाख रुपैयाँ गायब गरिएको दाबी गरेका थिए । नेतीले बैंकका मार्केटिङ म्यानेजर प्रमोद सिटौलाले आफूले जम्मा गरेको रकम नियतवश हिनामिना गरेको दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्