Logo
Logo

हिमालयन बैंकको नाफा २ अर्ब ८३ करोड


945
Shares

काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैंकले गत आर्थिक वर्षमा २ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा २०८०/८१ मा खुद नाफा ८१.६० प्रतिशतले बढेको हो ।

बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ९ अर्ब ९२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकले गत आर्थिक वर्षमा २ खर्ब ९३ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३२ अर्ब ७१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

गत असारसम्म बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ र जगेडा कोष २२ अर्ब ४३ करोड रुपैया सञ्चित छ । यस्तै बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १३.१० रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १७६.९० रुपैयाँ रहेको छ । खराब कर्जा भने ४.९१ प्रतिशत कायम भएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्