काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ३ सय रुपैयाँले बढेर डेढ लाख पुगेको हो ।
आज सुन प्रतितोला १ लाख ५० हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालससम्मकै उच्च हो ।
यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ३ सय रुपैयाँले नै बढेर १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य स्थिर रहेका छ । चाँदी प्रतितोला १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।